अदुवा खेती प्रविधी

अदुवा खेती प्रविधी

१. परिचय

  • अदुवा एक प्रमुख नगदे मसल बाली हो। यस्लाई मसला, क्यान्डी, औषधी, जुस, धुलो, तेल, सुठो, आदिको रुपमा प्रयोग गरिन्छ ।
   

२. हावापानी 

  • अदुवा ३०० देखि १६०० मिटर उचाईसम्म ब्यबसायिक रुपमा खेति गर्न सकिन्छ ।
  • २०-२५ डिग्री सेन्टिग्रेड तापक्रममा खेति राम्रो हुन्छ ।
 

३. उपयुक्त जातहरु

  • स्थानिया नसे (बढी नसा हुने जात)।
  • बॊसे(कुम नसा हुने), हेटौडे, इलामे. कपुरकोट-१, आदि।
  •  

    ४. रोप्ने र बलि लिने समय 

    ५. माटो 

  • प्रांगारिक  पदार्थ प्रशस्त  भएको दोमट माटो उपयुक्त हुन्छ । खैरो र रातो माटोमा फलेको अदुवा आकर्षक देखिन्छ ।
  •  

     ६. बीउ गानोको छनौट 

  • रोग नलागेको कम्तिमा ६० ग्राम तौल भएको २-३ वटा टुसा भएको । 
  •  

     ७. बीउ दर

  • राम्रो सानो अदुवा प्रति रोपनी २००-२२५ के.जी. (प्रति कट्ठा १३०-१५० के.जी.)
  • मोटो अदुवा प्रति रोपनी २७५-३०० के.जी.(प्रति कट्ठा १८०-२०० के.जी.)
  •  

     ८. बीउ उपचार 

  • प्रतिलिटर पानीमा ५ ग्राम त्रेकोदेर्मको ट्राइकोडर्माको घोल बने ३० मिनेट डुबाउने अथवा बेभीषटिन २.५ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ उपचार गर्ने  
  • व्याक्टेरियाको संक्रमंणबाट गानो कुहिने रोगबाट बचाउन ३० लिटर पानीमा १० ग्राम व्याक्टेरिमाइसिन मिसाई घोल बनाई ३० मिनेट डुबाउने
  • त्यस्पछि उपचार गरिएको बीउलाई छायामा सुकाई रोप्ने
  • एक पटक बनाएको घिलमा २ पटकसम्म उपचार गर्न सकिन्छ   
  •  

    ९. जमिनको छनौट तथा बाली चक्र

  • बिगत दुई वर्षदेखि अदुवा खेति नगरेको र पानीको निकाश हुने जमिन उपयुक्त हुन्छ    
  •  १०. रोप्ने तरिका 


  • एक लाइनदेखि अर्को लाइनको दुरी ३० से.मि. र एक बोट र अर्को बोटको दुरी पनि ३० से.मि.को फरकमा रोप्ने 
  •  

    ११. अन्तरबाली 

    • बाली सघनता बढाउन र बाली असफलताको जोखिम कम गर्न अदुवासंग तल उल्लेखित अन्तरबाली अपनाउने यो बाली तयार हुन ६ देखि ९ महिनासम्म लाग्छ 

    १२. मलखाद

    • रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोस्ट मलको परिमाण र बलिको जातमा भर पर्दछ आवश्यकता अनुसार झोल मल तथा सुक्षमतत्त्व प्रयोग गर्ने  

     १३. छापो

    • अदुवा रोपेपछि जमिनलाई छोप्ने गरी पात, स्याउला र अन्य कुनै छिटो सड्ने (असुरो, तितोपाती, खिर्रो, चिलाउनेको स्याउला) खालको स्थानीय स्तरमा नै उपलब्ध हुने छापो हाल्ने। 
     

    १४. गोडमेल  

  • सामान्यतया: ३ पटक गोडमेल गर्न जरुरि छ पहिलो पटक उम्रेको १ महिना भित्र र दोस्रा महिना पछि तेस्रो महिना पछि गोडमेल गर्ने । 
  • गोडमेल गर्दा पाना/गानोलाई चोट पुर्याउनु हुदैन । 
  • माटोबाट बाहिर पाना/गानो देखिएमा उकेरा दिई माटोले छोप्ने । 
  •  

     १५. उत्पादन

    • ब्यबस्थित तरिकाले खेति गर्दा प्रति रोपनी १ मेट्रिक टन (प्रति कट्ठा ०.६६ मे.टन) भन्दा बढी उत्पादन लिन सकिन्छ ।